GANESHMAN SINGH HEALTH FOUNDATION

EMBRACING THE GRACE OF AGE

Welcome to the Ganesh Man Singh Health Foundation, where compassion meets cutting-edge healthcare for the elderly. At our hospital, we’re more than just a medical facility; we’re a beacon of hope and healing for senior citizens in our community. With a steadfast commitment to providing free, high-quality treatment and comprehensive care, we strive to ensure that every elderly individual receives the support they need to live a healthy, fulfilling life.

Free Treatment For Senior Citizens

We want to ensure that senior citizens receive the healthcare they need without financial burden, allowing them to maintain their health and quality of life as they age. Access to free treatment also promotes equitable healthcare and addresses disparities in healthcare access among senior citizens.

Free Medicines For Senior Citizens

We want to ensure that senior citizens can take the necessary medications to manage their health conditions effectively. Access to free medicines also promotes adherence to treatment plans, enhances quality of life, and reduces the risk of complications, ultimately contributing to their overall well-being.

About Us

Our Mission & Values

We aim to provide free medical treatment and support services for senior citizens, ensuring they have access to essential healthcare without financial barriers. We are committed to upholding integrity, inclusivity, and transparency in all our endeavors, striving to make a positive impact on the lives of seniors in our community by promoting their health and well-being through comprehensive and compassionate healthcare services.

अध्यक्षको सन्देश

दीपक प्रकाश बाँस्कोटा

अध्यक्ष
गणेशमान सिंह स्वास्थ्य प्रतिष्ठान

नमस्कार,

हाम्रो परम्परा, संस्कार र सांस्कृतिक मान्यता अनुसार ज्येष्ठ नागरिक, हाम्रा मातापितालाई सजीव देवताको दर्जामा राखिएको छ।

‘मातृदेवो भवः पितृ देवो भवः’ अर्थात धार्मिक तथा आध्यात्मिक आधारमा पनि यस्ता सजीव देवताको सेवा गरेमा पुण्य मिल्छ भनिएको छ तर हाम्रै वरपरका समाज तथा परिवारमा ज्येष्ठ नागरिक अपहेलित र तिरष्कृत भएको पनि देखिन्छ। स्वस्थ शरीर रहुन्जेल सबै हाई-हाई हुने तर अस्वस्थ र जिर्ण शरीर भए पछि बेवास्ता गरिने समस्याले समाजमा बिकराल रुप लिँदै आएको छ।

‘हुँदा छँदा सबैको माया गाढा, कमजोर र वृद्ध भएपछि आफ्नै सन्तान पनि टाढा’ हुने अवस्थाले हाम्रो समूदायमा चिन्ता थपिएको छ। अहिलेको नयाँ पुस्तामा आफु (श्रीमान/श्रीमती) र सन्तानमात्र परिवारको परिभाषामा सिमित हुन थालेको छ। घरमै भएका अग्रजहरु विस्तारै परिवारको सूचीमा अटाउन छोडेको र अपहेलित हुँदै गएको अवस्था छ।

यो भयावह, गहन तथा संवेदनशील विषयलाई विश्लेषण गर्दै यस गणेशमान सिंह स्वास्थ्य प्रतिष्ठानले गणेशमान सिंह मेमोरियल अस्पताल एण्ड रिसर्च सेन्टरसँगको सहकार्यमा ज्येष्ठ नागरिकहरूको सम्मान र संरक्षण हेतु निःशुल्क स्वास्थ उपचारका लागि अभियान प्रारम्भ गरेको छ। आफ्नै प्रयासबाट आफ्नै लागि समयमै केही रकम जोहो गरी भविष्यमा आफु अशक्त वा अस्वस्थ हुँदा राम्रो स्याहार र हेरचाह पुगोस् र आफू जस्तै अन्य अशक्त तथा ज्येष्ठ नागरिकको सेवा गर्ने अवसर मिलोस् भन्ने भावनाले यस अभियानलाई हामीले अघि सारेका हौं। आफ्ना लागि आफैँले गर्नु त छँदै छ, शास्त्रीय मान्यता अनुसार अरुलाई पनि सेवा गर्न सक्नु भनेको धेरै ठूलो पुण्य कमाउनु हो।

हाम्रो प्राचिन सनातन वैदिक परम्परामा बुबा आमालाई वृद्धाश्रममा हैन घरैमा राखेर छोरा, बुहारीहरु तथा छोरीहरुले सम्मानका साथ पालन पोषण गर्ने परम्परा थियो। यदाकदा छ पनि।

यद्यपि, आज विकास र आधुनिकताको नाममा र छोरा छोरीको व्यस्तता र आवश्यकताले बालबच्चा शिशु स्याहार केन्द्रमा र आमाबुबालाई बृद्धाश्रममा पुर्याउने चलन बढिरहेको कुरा नकार्न सकिँदैन। यदि निरोगी आमाबुबा घरमा हुने हो भने विद्यालय जाने उमेर नपुगेका स–साना नानीबाबुहरुको स्याहार उहाँहरुले नै गर्नुहुन्छ; छोरा बुहारी दुवै काममा जान सक्छन्।

स्मरण रहोस्, काठमाण्डौ स्थित एउटा ज्येष्ठ नागरिक सेवासँग सम्बन्धित संस्थाले गरेको सर्वेक्षणमार्फत् प्राप्त जानकारी अनुसार निरोगी बुबाआमा पाल्न सबै छोरा बुहारी तयार देखिए, तर रोगी बुबा आमाको हेरचाह गर्न गाह्रो भएकाले मात्र बृद्धाश्रम पठाउने गरिएको रहेछ।

यो गम्भिर विषयमा एउटा सफल अभ्यास गरी नेपाल सरकार, दातृ निकाय र स्वास्थ्य सम्बन्धि संघसंस्थाले पनि यस कार्यको अवलम्बन गरुन् भन्ने पवित्र मनसायले राजनीतिक आदर्शका प्रणेता, नेपाली प्रजातन्त्रका नायक सर्वमान्य नेता श्री गणेशमान सिंहको नामबाट ज्येष्ठ नागरिक स्वास्थ्य उपचार सेवा प्रदान गर्न गणेशमान सिंह स्वास्थ्य प्रतिष्ठानको स्थापना गरेका छौं।

यो कुनै जातजाती, धर्म, वर्ण र सम्प्रदायको नभएर तपाईं हामी सबैका लागि स्थापना भएको हो। यो कार्य सफल भए सनातन वैदिक परम्पराको संरक्षण हुँदै, भगवान बुद्धले दिनुभएको उपदेशको पनि पालना हुने र ज्येष्ठ नागरिकहरु मृत्यु पर्यन्त निरोगी र सुखी रहने अवस्था निर्माण गर्ने स्वास्थ्य प्रतिष्ठानको संकल्प छ।

ज्येष्ठ नागरिकहरुको सुस्वास्थ र दीर्घ जीवनको सुनिस्चितता गर्न एउटा सबैका लागि भरपर्दो पद्धति स्थापित गरौं, जो अरु सबैलाई अनुकरणीय होस्।

धन्यवाद

Legacy of Late Ganeshman Singh

People's Movement

Late Ganeshman Singh served as the Supreme Commander of the 1990 People’s Movement, fighting for democracy and social justice in Nepal.

Advocacy for Elderly

Ganeshman Singh was a life-long advocate for the respectful treatment of senior citizens, leaving behind a legacy of compassion and dedication.

Public Tribute

The Ganeshman Singh Health Foundation was initiated as a tribute to the late leader, continuing his noble cause and adding to his legacy.

Our Causes

What We Do

The Ganeshman Singh Health Foundation’s mission of providing free medical treatment for senior citizens is crucial in ensuring that elderly members of our community receive the care they need without financial burden. It is vital for promoting the health and well-being of our aging population and fostering a more equitable healthcare system.

N

Free Health Checkup

N

Regular Followup

N

Free Medicine

N

Aided Treatment

Support Us

We’re planning to raise over $500,000 for Senior Citizens

We are planning to raise funds for the Ganeshman Singh Health Foundation, dedicated to providing free medical treatment for senior citizens. With your help, we aim to expand our services, enhance programs, and ensure long-term sustainability, enabling us to reach more elderly individuals in need and continue delivering high-quality care. Your contributions will make a significant impact on the well-being of our community’s seniors. Thank you for your generosity and support.

Impactful Contribution

Your donation helps provide regular free treatment to senior citizens above 70 years, making a meaningful difference in their lives.

Inspirational Mission

Join us in our mission for the welfare of senior citizens in Nepal, providing them with the care they deserve.

Building a Better Society

Your small contribution, along with others, can collectively ensure access to essential healthcare for the elderly in Nepal.

fight for basic rights

We need your support to ensure that no senior citizen is deprived of their basic rights to essential medical treatment due to financial constraints.

Give

Why Donate?

Your contribution goes beyond healthcare – it symbolizes solidarity, compassion, and the power to transform lives.

Want to get Involved?

Join us in making a difference in the lives of senior citizens by volunteering with us!  Whether you’re assisting with administrative tasks, accompanying patients to appointments, or simply spending time with them, your involvement will make a meaningful impact on the well-being of our community’s seniors. Join our dedicated team today and help us create a brighter and healthier future for all!

गोपाल बहादुर तामाङ

भोजपुर (हालः काठमाडाैं)

गणेशमान सिंह स्वास्थ्य प्रतिष्ठानले जेष्ठ नागरिकहरूको लागि नि:शुल्क स्वास्थ्य जाँचको आयोजना गरेकोमा धेरै धन्यवाद दिन चाहन्छु। यो सेवा पाउँदा मैले आफ्नो स्वास्थ्यको ख्याल राख्न सजिलो भएको छ। यहाँका चिकित्सकहरूको सहयोग र सल्लाहले मेरो जीवनशैली निकै स्वस्थ भएको छ।

विष्णुमाया बस्नेत

जनकपुर

गणेशमान सिंह स्वास्थ्य प्रतिष्ठानले दिएको नि:शुल्क स्वास्थ्य जाँच सेवा पाउँदा म अत्यन्तै सन्तुष्ट छु। यो जाँचले मलाई मेरो स्वास्थ्य स्थितिबारे जानकारी दिने मात्र होइन, समयमै उपचार गराउन पनि प्रेरित गरेको छ। यहाँका स्टाफहरूको ममता र सेवा भावना प्रशंसनीय छ।

छिमिदेवी श्रेष्ठ

हरिवन, सर्लाही

म गणेशमान सिंह स्वास्थ्य प्रतिष्ठानको नि:शुल्क स्वास्थ्य जाँच कार्यक्रमको लागि धेरै आभारी छु। यहाँको सेवा अत्यन्तै राम्रो छ र स्वास्थ्य जाँचले मेरो स्वास्थ्यको ख्याल राख्न धेरै मद्दत गरेको छ। यो प्रतिष्ठानको सेवाले हामी जस्तै धेरै जेष्ठ नागरिकहरूको जीवनमा ठूलो परिवर्तन ल्याइरहेको छ।

मधुसुदन उपाध्याय पाैडेल

धादिङ

गणेशमान सिंह स्वास्थ्य प्रतिष्ठानले जेष्ठ नागरिकहरूको लागि गरेको नि:शुल्क स्वास्थ्य जाँच कार्यक्रमले हामीलाई ठूलो राहत दिएको छ। म नियमित रूपमा यहाँ जाँच गर्न आउँछु र यहाँको उत्कृष्ट सेवा र सुविधाले सधैं सन्तुष्ट छु। यो कार्यक्रमले धेरै जेष्ठ नागरिकहरूको जीवनमा सकारात्मक प्रभाव पार्दैछ।